विद्या भण्डारीले लोकार्पण गरिन् ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक

हिमाल प्रेस १९ फागुन २०८१ १३:४७
18
SHARES
विद्या भण्डारीले लोकार्पण गरिन् ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण गरेकी छन्।

यो पुस्तक प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्ष, मुलुकको समृद्धिका लागि देखाएका सपना र उनको नेतृत्वदायी पहललाई समेटेर तयार गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद् र सामाजिक व्यक्तित्वहरूको लेख र रचनाहरू समेत समावेश गरिएको छ।

यो पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो। कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रमुख नेता र व्यक्तित्वहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast