
काठमाडौँ- नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य शुक्रबार र आइतबार पनि सोही स्तरमा कायम थियो। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
प्रकाशित: १९ फागुन २०८१ १२:२७
प्रतिक्रिया