बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले हराएर शीर्ष स्थानमा फर्कियो

हिमाल प्रेस १९ फागुन २०८१ ८:३९
10
SHARES
बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले हराएर शीर्ष स्थानमा फर्कियो

काठमाडौँ- स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार रियल सोसिडाडलाई ४-० ले पराजित गर्दै शीर्ष स्थानमा पुनः स्थान बनाएको छ। १० खेलाडीमा सीमित भएको रियल सोसिडाडसँगको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई उछिनेको हो र हाल ५७ अंकका साथ शीर्ष स्थानमा छ।

एटलेटिको म्याड्रिड ५६ अंकमा दोस्रो स्थानमा रहेको छ भने रियल म्याड्रिड ५४ अंकका साथ तेस्रो स्थानमा छ। बार्सिलोनाको विजयी खेलमा जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड एराजो र रोबर्ट लेवनडोस्कीले गोल गरे।

पराजित रियल सोसिडाड ३४ अंकमा सीमित रहेर नवौं स्थानमा स्थान्तरण भयो। अन्य खेलमा ओसासुना र भ्यालेनिसयाले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन्। साथै रियल मार्लोका र एलाभेसबीचको खेल पनि १-१ को बराबरीमा समाप्त भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast