एमाले सचिवालय बैठक : पार्टी जनसंगठनमा स्थायी कमिटी नराख्ने निर्णय

हिमाल प्रेस १८ फागुन २०८१ २०:१९
24
SHARES
एमाले सचिवालय बैठक : पार्टी जनसंगठनमा स्थायी कमिटी नराख्ने निर्णय फाइल तस्बिर।

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेले पाथीभरा केबल निर्माणका सन्दर्भमा उत्पन्न विवाद छलफलका माध्यमबाट हल गर्नुपर्ने बताएको छ।

एमालेले पाथीभरामा उत्पन्न विवाद स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने बताएको हो।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न विवाद स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गर्ने निर्णय भएको बताए।

केबल निर्माणका लागि सहज वातावरण बनाउने बारे सरोकारवाला समूहसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको उनको भनाइ छ।

त्यस्तै बैठकले पार्टीका जनसंगठनहरूमा जनसंगठनहरूको केन्द्रीय कमिटी र सचिवालयमात्रै रहने निर्णय भएको पोखरेलले जानकारी दिए।

बैठकले पार्टीका जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको उनले बताए।

यसअघि जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो। अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालयमात्रै रहने भएको छ।

प्रकाशित: १८ फागुन २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast