लाल मोहम्मदको सुटरलाई गोली हानेर टोखाबाट समात्यो प्रहरीले

हिमाल प्रेस १८ फागुन २०८१ १९:२६
70
SHARES
लाल मोहम्मदको सुटरलाई गोली हानेर टोखाबाट समात्यो प्रहरीले सांकेतिक तस्बिर।

काठमाडौँ- लाल मोहम्मदलाई गोली हानेर हत्या गर्ने सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोहम्मदमाथि गोली प्रहार गर्ने सुटर गुड्डु पटेललाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पटेललाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एएसपी रमेश बस्नेतले पटेललाई टोखा क्षेत्रबाट पटेललाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनले नियन्त्रणमा लिएका पटेल लाल मोहम्मदलाई गोली हानेर हत्या गरेका थिए।

विशेष सूचनाको आधारमा प्रहरी पुगेपछि भाग्न खोज्दा गोली चलाउनु परेको उनले बताए।

२०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा गार्मेन्ट सञ्चालक सर्लाहीका लाल मोहम्मदको गोली हानेर हत्या भएको थियो। उनीमाथि लखेटी लखेटी गार्मेन्टअगाडि गोली प्रहार भएको थियो।

लाल मोहम्मदमाथि जाली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोप लागेको थियो। उनी जाली भारतीय नोट नेपाल हुँदै भारत पठाउने गिरोहमा संलग्न रहेको बताइएको थियो।

गोली प्रहार हुनुअघि उनीमाथि २४ भदौमा पनि आक्रमण भएको थियो।

प्रकाशित: १८ फागुन २०८१ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast