कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

हिमाल प्रेस १८ फागुन २०८१ १६:४२
14
SHARES
कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ पारित भएको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गरे। उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो।

मन्त्री भण्डारीले प्रदेशमा संकटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधि त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएको संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए।

कोशी प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू विनोद राई, गोविन्द गिरी, गणेशप्रासद उप्रेति, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।

प्रकाशित: १८ फागुन २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast