नेपाल आइपुगे फिफा विश्वकप विजेता इटालियन गोलकिपर बफोन

हिमाल प्रेस १८ फागुन २०८१ १४:५२
38
SHARES
नेपाल आइपुगे फिफा विश्वकप विजेता इटालियन गोलकिपर बफोन

काठमाडौँ- फिफा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुजी बफोन आइतबार नेपाल आइपुगेका छन्। इटालीका पूर्वकप्तान बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आएका हुन्।

उनलाई आयोजक युवा संघ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि जारी छ। फागुन १९ गते फाइनल खेल हुँदैछ। बफोन प्रतियोगिताको फाइनल खेलको अवलोकन गर्ने आयोजकले जनाएको छ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।

प्रकाशित: १८ फागुन २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast