गृहमन्त्रीले भने : शिक्षा विधेयक छिट्टै पास हुन्छ

हिमाल प्रेस १८ फागुन २०८१ ११:१२
2.9k
SHARES
गृहमन्त्रीले भने : शिक्षा विधेयक छिट्टै पास हुन्छ

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयक–२०८० छिट्टै पास हुने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयक संसद्को चालु अधिवेशनबाट पारित हुने बताएका हुन्।

‘संघीय संसद्मा पनि विधायनको काम ढिलो भयो। वर्षौं वर्षदेखि संसद्भित्र प्रवेश गरेका विधेयकहरू पास हुन सकेनन्। त्यसो भएको हुनाले अब सदनमा पनि एउटा निश्चित सिमा अवधिभित्र विधायनको कामलाई सक्काउनै पर्ने व्यवस्था गरेर कानुनहरू निर्माण गर्ने कुरामा प्राथमिकता दिइरहेका छौं,’ आम शिक्षक तथा कर्मचारीको चासो बनेको विधेयकबारे बोल्दै गृहमन्त्री लेखकले भने, ‘कांग्रेस, एमाले, माओवादी, राप्रपाले एउटै कुरा भनिसकेपछि धेरै समस्या छ जस्तो मलाई लाग्दैन। त्यसैअनुरुप यो विधेयक पास हुन्छ।’

शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुनुपर्ने एकसूत्रीय माग राखेर नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलन गरिरहेको छ।

प्रकाशित: १८ फागुन २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast