
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) भक्तपुरले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि ‘बुटक्याम्प’ तालिम सञ्चालन गर्न पत्रचार गरेको छ। केन्द्रले प्रदेश तालिम केन्द्र सुनसरी, बारा, भैरहवा, धुलिखेल, तनहुँ, सुर्खेत र डोटीलाई पत्राचार गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ईसीडीका शिक्षकहरू बुट क्याम्पमा सहभागिता कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भई प्रत्येक प्रदेशलाई कोटा निर्धारण गरी सो कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयका नाममा सम्बन्धित को.ले.नि.का. मार्फत बजेट निकासा भइसकेको छ।
उक्त मन्त्रालयबाट बजेट प्राप्त गरी बालविकास शिक्षकका लागि बुटक्याम्प कार्य सञ्चालन संहिता, २०८१ को आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न गराउन केन्द्रले अनुरोध गरेको छ।
पत्र