भारतको पञ्जाबमा घरको छत खस्दा पाँच जनाको मृत्यु

हिमाल प्रेस १७ फागुन २०८१ १९:२३
20
SHARES
भारतको पञ्जाबमा घरको छत खस्दा पाँच जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो।

प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो।

‘घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले। उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,’ एक प्रहरी अधिकारीले बताए।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ। यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ।–रासस/सिन्ह्वा

प्रकाशित: १७ फागुन २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast