पूजा कोठाभित्र गाडिएको अवस्थामा भेट्यो अञ्जलीको शव

हिमाल प्रेस १७ फागुन २०८१ १७:४६
56
SHARES
पूजा कोठाभित्र गाडिएको अवस्थामा भेट्यो अञ्जलीको शव

काठमाडौँ- धनुषाको लक्ष्मीनिया गाउँपालिकामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। गाउँपालिकाको वडा नम्बर ५ बनिनियाँमा हरिराम यादवकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव शनिबार दिउँसो फेला परेको हो।

अञ्जली र हरिराम बेपत्ता भएको स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान बढाएको थियो।

खोज तलासको क्रममा अञ्जलीको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणकुमार सिंहले जानकारी दिए। उनका कुहिएको अवस्थामा शव बरामद भएको हो।

‘श्रीमान र श्रीमती दुवै जना बेपत्ता भएपछि गाउँलेले हामीलाई खबर ग¥यो,’ सिंहले हिमालप्रेससँग भने,‘शंका लागेर घरभित्र खोज्दै जाँदा पूजाकोठाभित्र गाडिएको अवस्थामा अञ्जलीको शव बरामद भयो।’

गत शनिबार हरिराम र अञ्जलीबीच झैँझगडा भएको थियो। त्यसको भोलिपल्ट हरिरामले आफ्नी श्रीमती घर छाडेर भागेको गाउँलेलाई बताएका थिए। मंगलबार घरमा ताल्चा लगाएर उनी आफैँ बेपत्ता भएका थिए।

श्रीमान र श्रीमती दुवै जना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। डीएसपी सिंहले हरिराम १० वर्षीया छोरीसहित घरबाट बेपत्ता भएको बताए।

झगडा भएकै दिन हरिरामले श्रीमती अञ्जलीको हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ।

‘यथार्थ कुरा पोस्टमार्टमपछि आउला। तर, झगडा भएकै दिन हरिरामले अञ्जलीको हत्या गरेर शव गाडेको हुनसक्ने हाम्रो अनुमान छ,’ डीएसपी सिंहले भने।

छोरीसहित हरिराम बेपत्ता भएकाले उनले नै अञ्जलीको हत्या गरेको हुनसक्ने सिंहको भनाइ छ। उनका अनुसार अंशबण्डा भइसकेकाले हरिराम दाइभाइसँग छुट्टिएर श्रीमती र छोरीसँग बस्दै आएका थिए।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ फागुन २०८१ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast