३ सय ग्राम ब्राउन सुगरसहित २ पक्राउ

हिमाल प्रेस १७ फागुन २०८१ ११:३६
4
SHARES
३ सय ग्राम ब्राउन सुगरसहित २ पक्राउ

काठमाडौँ- झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

झापाको भद्रपुर नगरपालिका– ३ स्थित झोलुङ्गे पुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका– १२ कवाजितका २४ वर्षीय र सुनसरीको रामधुनी नगरपालिका-३ सिंघियाका २७ वर्षीय युवक छन्।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

प्रकाशित: १७ फागुन २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast