
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ। ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आमसभा हुन लागेको हो।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रमअन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए।
उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रकाशित: १७ फागुन २०८१ १०:२९
प्रतिक्रिया