सहरमा आज : साहित्यिक उत्सव, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस १७ फागुन २०८१ ६:३८
128
SHARES
सहरमा आज :  साहित्यिक उत्सव, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

काठमाडौँ- फागुनको तेस्रो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। याे साता उपत्यकामा नाट्य महाेत्सव, साहित्यक उत्सव, नाटक मञ्चन र हलमा  तीन नेपाली ‘लाज शरणम्’ ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ उच्च साे सहित चलिरहेकाे छ।

जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।  आज के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं।

सर्वनाममा ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल’

कालिकास्थानस्थित सर्वनाम थिएटरमा आजदेखि ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल’ सुरु हुँदैछ।

एशियन पिपल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना गरिएको हो। नेपालसहित जापान, चीन, थाइल्याण्ड, कोरिया, बेलायतलगायत २० देशका १४ नाटक र विभिन्न १३ विधामा अभिनयसम्बन्धि वर्कसप पनि हुँदैछ। फेस्टिभलमा फागुन २१ सम्म चल्नेछ।

नेपाल पर्यटन बोर्डमा ‘काठमाडौँ उत्सव’

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा यही १६ फागुनदेखि ‘काठमाडौँ उत्सव’ चलिरहेको छ। दुईदिने उत्सवको आज दोस्रो र अन्तिम दिन हो।

आज कवितामा तीन पुस्ता, प्राज्ञ,प्रतिष्ठान र परिस्थिति, कलाः एक फ्युजन, आख्यानमा द्वन्द्व र दर्शन, निर्देशनमा नयाँ पुस्ता, आशा र युवा शीर्षकमा छलफलसहित बेलुका कविता साँझ पनि हुँदैछ। कला साहित्य र पर्यटन नारासहितको कार्यक्रम गोँधुली कला साहित्य प्रतिष्ठानले आयोजना गरेको हो।

मण्डलामा दुई नाटक

जुन त लग्यो ताराले
थापागाउँस्थित मण्डला थिएटरको सानो हलमा फागुन १० देखि नाटक ‘जुन त लग्यो ताराले’ मञ्चन भइरहेको छ। नाटक इँगिहोपो कोइचँ सुनुवारको लेखन, परिकल्पना र निर्देशनमा बनेको छ। सम्बन्धको महत्वलाई प्रस्तुत गरिएको नाटकमा थिएटरकै ल्याब १६ का विद्यार्थीले अभिनय गरेका छन्।

मण्डला थिएटरकै प्रस्तुति रहेको नाटक भोलिसम्म चल्नेछ। नाटकमा कलाकार उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा, रेज्मी राई, विप्लव लोहनी, राजीव बोहरा, प्रेम देव विश्वकर्मा, विजया अधिकारी, अग्नि सुवेदी, रोजेन सुन्दास, अविनास डि मगर र ईन्द्र राई छन्।

उम्लिँदा खरानी र लेम्लेमा

मण्डलामै फागुन ९ देखि नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक मञ्चनरत छ। अभिनेत्री पशुपति राईको परिकल्पना र निर्देशनमा बनेको नाटकमा लेम्लेमा पात्रमार्फत मिथकिय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाइएको छ।

मिल्सन राईको लेखन रहेको नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, युवाहाङ राई, थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री र बलबहादुर राईको अभिनय छ। चैत ३ सम्म मञ्चन हुनेछ।

हलमा कुन कुन फिल्म?

क्रेजी
बलिउड फिल्म ‘क्रेजी’ फागुन १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक गिरिश कोहली हुन्। फिल्ममा सोहम शाह र टिनु आनन्द मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याम्स र सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘क्रेजी’ चलिरहेको छ।

लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टरमा फिल्मको ३५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ।

फेरि रेशम फिलिली

निरोज महर्जनको डेब्यु निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ मा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवकको विदेश मोहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।  फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको १७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हल फिल्म ‘फेरि रेशम फिलिली’ चलिरहेको अन्य हल हुन्।

मायावी

दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ मा प्रेम र त्यागको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथा र पटकथा निर्देशक दिवाकरले नै लेखेका हुन्। फिल्ममा दीपिका प्रसाईं, पल शाह, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा गरी फिल्मको १७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘मायावी’ प्रदर्शनरत छ।

छावा
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, सिडिसी सिनेमाजमा फिल्म चलिरहेको छ।

क्याप्टेन अमेरिका: व्रेभ न्यू वल्र्ड

त्यस्तै हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वल्र्ड’ पनि फागुन २ देखि नै हलमा प्रदर्शन भइरहेको छ। साम विल्सनको मुख्य भूमिका रहेको फिल्म एक्सन एडभेञ्चर जनरामा बनेको छ। शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, दरबार सिनेमाज र लबिम मलमा फिल्मको ३ सो छ।

प्रकाशित: १७ फागुन २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast