‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

हिमाल प्रेस १ चैत २०८१ १२:३५ | Friday, March 14, 2025
‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

काठमाडौँ- गत शुक्रबार अर्थात् फागुन २३ देखि प्रदर्शन भएको फिल्म ‘होस्टेल ३’ ले पहिलो साता ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए।

‘हामीलाई वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ निर्देशक कँडेलले भने। उनकाअनुसार फिल्मले उपत्यकामा २ करोड ३० लाख र उपत्यकाबाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।

युवा पुस्ता लक्षित फिल्ममा डिजिटल युगका लोकप्रिय अनुहार छन्। फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतले अभिनय गरेका छन्। याे उनीहरूको डेब्यु फिल्म हो।

माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित: १ चैत २०८१ १२:३५ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast