‘हेल्लो काँशीराम’ मा बोकाे बोकेर कता हिँडे दिलीप?

हिमाल प्रेस ३ चैत २०८१ १३:३० | Sunday, March 16, 2025
‘हेल्लो काँशीराम’ मा बोकाे बोकेर कता हिँडे दिलीप?

काठमाडौँ- आगामी वर्ष जेठमा २ मा प्रदर्शन मिति तोक्दै फिल्म ‘हेल्लो काँशीराम’ को फस्टलुक्स सार्वजनिक गरिएको छ।

पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई काँधमा बोकाे बोकेर हिँडिरहेको जस्तो देखाइएको छ। पोस्टरले फिल्म कमेडी शैलीमा बनेको संकेत गरेकाे छ तर टिमले कथावस्तुबारे खुलाएको छैन।

दिलीपसँगै फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ। अभिनेत्री अभिनेत्री प्रियंका कार्की अतिथिको भूमिकामा देखिनेछिन्।

फिल्म रिम विश्वकर्माले निर्देशन गरेका हुन्। निर्देशक विश्वकर्माले नै फिल्मको कथा लेखेका छन्।

रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पीबी थापा हुन्। यम आलेले छायांकन गरेको फिल्म मित्र डी गुरुङको सम्पादन कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।

प्रकाशित: ३ चैत २०८१ १३:३० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast