‘हेल्लो काँशीराम’ मा दिलीप र प्रियंकाको ठुम्का

हिमाल प्रेस १४ चैत २०८१ ११:४५ | Thursday, March 27, 2025
‘हेल्लो काँशीराम’ मा दिलीप र प्रियंकाको ठुम्का

काठमाडौँ- फिल्म ‘हेल्लो काँशीराम’ को गीत ‘‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक भएको छ।निर्माण टिमले अभिनेता दिलीप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको केही तस्बिर सार्वजनिक गरेको हो।

काठमाडौँमा सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीत नयाँ वर्षमा सार्वजनिक गर्ने टिमको तयारी छ। फिल्ममा अभिनेत्री प्रियंकाको विशेष भूमिका रहेको बताएको छ।

आगामी जेठ २ मा प्रदर्शन हुने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म रिम विश्वकर्मा को लेखन तथा निर्देशनमा बनेको छ। निर्देशक विश्वकर्माले फिल्म कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्ष समेत समेटिएको जानकारी दिए।

दिलिप रायमाझीसहित फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायत कलाकारको अभिनय छ।

रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पी.बी. थापा हुन्। यम आलेले छायांकन गरेको फिल्म शंकर महर्जनको द्वन्द्व निर्देशन, मित्र डी. गुरुङको सम्पादन, नरेन्द्र वियोगीको संगीत संयोजनमा बनेको छ।

 

प्रकाशित: १४ चैत २०८१ ११:४५ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast