हिंसात्मक प्रदर्शनबारे छानबिनको जिम्मेवारी गृहमन्त्री लेखकलाई

हिमाल प्रेस १५ चैत २०८१ २३:४३ | Friday, March 28, 2025
हिंसात्मक प्रदर्शनबारे छानबिनको जिम्मेवारी गृहमन्त्री लेखकलाई मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ- सरकारले काठमाडौँमा शुक्रबार राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गर्न सरकारले गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृहमन्त्री लेखकलाई यस्तो निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। बैठकले घटनामा दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न पनि निर्देशन दिएको छ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री गुरुङले बताए।

बैठकले पूर्वराजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ। घटनामा परी निधन भएकाप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ।

प्रकाशित: १५ चैत २०८१ २३:४३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast