हलमा लाग्यो ‘राजागंज’

हिमाल प्रेस १ चैत २०८१ ११:२८ | Friday, March 14, 2025
हलमा लाग्यो ‘राजागंज’

काठमाडौँ- फिल्म ‘राजागंज’ आजदेखि प्रदर्शन भइरहेको छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले फिल्मकाे  केही संवादमा अंकुश लगाउँदै सच्याएर आउन निर्माणपक्षलाई सुझाएकाे थियाे। सच्याएपछि फिल्मले युनिभर्सल सर्टिफिकेट पाएकाे छ।

दीपक रौनियारको निर्देशित फिल्ममा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रित गर्दै बालक अपहरणको कथा प्रस्तुत गरेको छ। त्यही बालक खोज्न प्रहरीले गरेको कार्यलाई फिल्ममा देखाइएको छ।

फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल लगायत कलाकारको अभिनय छ।

यो सँगै हलमा अञ्जिला, आउट लः दफा २१९, होस्टेल ३, लाज शरणम् र फेरि रेशम फिलिली चलिरहेको छ।

प्रकाशित: १ चैत २०८१ ११:२८ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast