हलमा लाग्यो अञ्जना र अरुण अभिनीत ‘डोरी’

हिमाल प्रेस १५ चैत २०८१ ११:१० | Friday, March 28, 2025
हलमा लाग्यो अञ्जना र अरुण अभिनीत ‘डोरी’

काठमाडौँ- चैत १५ देखि हलमा नेपाली फिल्म ‘डोरी’ प्रदर्शन भएको छ। हलमा एकल प्रदर्शन भएको फिल्मले देशैभर सयभन्दा बढी सो पाएको छ।

१६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथ हेर्न पाउने फिल्मले केन्द्रीय फिल्म जाँच पास समिति सेन्सर बाेर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ। फिल्मका लेखक तथा निर्देशक अरुण लामा हुन्। सामाजिक कथामा कमेडी, थ्रिलर र हरर मिश्रण गरिएको निर्माण टिमले जनाएको छ।

फिल्ममा निर्देशक अरुणकै मुख्य भूमिका छ। साथै प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्।

यस्ताे छ ट्रेलर

प्रकाशित: १५ चैत २०८१ ११:१० | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast