स्वार्थ समूहले शिक्षा विधेयक अगाडि बढ्न दिएका छैनन् : शिक्षा समिति सभापति थापा

हिमाल प्रेस १७ चैत २०८१ १६:०३ | Sunday, March 30, 2025
स्वार्थ समूहले शिक्षा विधेयक अगाडि बढ्न दिएका छैनन् : शिक्षा समिति सभापति थापा

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक–२०८० लाई स्वार्थ समूहले अगाडि बढ्न नदिएको बताएका छन्। आइतबार हिमालप्रेससँग कुरा गर्दै सभापति थापाले विधेयक अगाडि बढ्न नसकेका कारण संसद्को जारी अधिवेशनबाट पारित हुने कुनै सम्भावना नरहेको बताए।

‘स्वार्थ समूहले मैले नै गर्ने हो भन्ने वातावरण सिर्जना गर्नाले शिक्षा विधेयक बिगार्ने धेरै प्रयास भइरहेको छ। बिगार्न, बिग्रन नदिन हाम्रो पनि प्रयास हुन्छ,’ सभापति थापाले भने, ‘त्यही कुराले प्रभावित कोही छन् भने मैले राजीनामा दिन्छु भनेको छु। मेरो राजीनामा मागेका पनि छन्। ऐन बन्छ भने स्वतः राजीनामा दिन्छु।’

थापाले चालु अधिवेशनमा चैत १३ देखि १८ गतेसम्म संसद् नै चलेको बताउँदै बर्खे अधिवेशन बोलाउने बेला भइसकेको बताए। उनले भने, ‘हिउँदे अधिवेशन बन्द हुँदैछ। १७ सय ५८ दफाको विधेयक उपसमितिले पढेर सक्छ? सात प्रदेशमै गएर सुझाव मागिएको सातवटा किताब पढेर सकिन्छ? त्यो सम्भावना छैन।’

प्रकाशित: १७ चैत २०८१ १६:०३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast