स्ववियुको नतिजाले हौसिए प्रचण्ड, ‘युवामा माओवादी पुगेको पुष्टि भयो’

हिमाल प्रेस ७ चैत २०८१ ९:३३ | Thursday, March 20, 2025
स्ववियुको नतिजाले हौसिए प्रचण्ड, ‘युवामा माओवादी पुगेको पुष्टि भयो’ धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : दाहालको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियु निर्वाचनको नतिजाले युवामा माओवादी पुगेको पुष्टि भएको बताएका छन्।

उनले स्ववियुको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि भएको प्रचण्डको दाबी छ।

प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित: ७ चैत २०८१ ९:३३ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast