भक्तपुर- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ। उक्त निर्णय आयोगको मिति २०८१/११/१९ गतेको निर्णय अनुसार गरिएको हो।
आयोगले मिति २०८१/१/१२ गते प्रकाशित विज्ञापनको आधारमा खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट ७५ जिल्लाका लागि उम्मेदवारहरूको चयन गरेको हो।
उम्मेदवारहरूलाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ख को उपदफा (१) र शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।
सिफारिस गरिएका उम्मेदवारहरूको विवरण र अन्य सङ्ख्यात्मक तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाइएको छ।
                            प्रकाशित: २० फागुन  २०८१ १४:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

