सेयर बजारमा ६ दिनपछि हरियाली

हिमाल प्रेस ११ चैत २०८१ १५:४५ | Monday, March 24, 2025
सेयर बजारमा ६ दिनपछि हरियाली सेयर बजार

काठमाडौँ- सेयर बजारमा ६ दिनपछि हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २६.१० अंकले बढेर २,६४०.४८ मा पुगेको हो।

विगत १५ दिन अवधिमा नेप्से सकारात्मक देखिएको यो दोस्रो पटक हो। सोमबार विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता सेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबर रुपैयाँ कारोबार भएको छ। २१० कम्पनीका सेयर मूल्य बढेको छ। यसैगरी ३३ कम्पनीका मूल्य घटेका छन्।

सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बिमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ।

लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बिमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ६९ लाख ७७ हजार ५७८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता सेयर किनबेच भएको छ।

सबै कारोबार समूहहरू सकारात्मक क्षेत्रमा बन्द भएका छन्। जसमा बैंकिङ उप-सूचकांकले सबैभन्दा धेरै (३.५२ प्रतिशत वृद्धि) नाफामा छन्। त्यसपछि अन्य (१.५ प्रतिशत) र जीवन बिमा (१.४६ प्रतिशत) नाफामा छन्। सोमबार कुल कारोबार रकम घटेर ४.४८ अर्ब रुपैयाँमा झरेको छ।

प्रकाशित: ११ चैत २०८१ १५:४५ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast