‘सुनिता र बुचलाई खल्तीबाट ओभर टाइमको पैसा दिन्छु’

हिमाल प्रेस ९ चैत २०८१ १५:२२ | Saturday, March 22, 2025
‘सुनिता र बुचलाई खल्तीबाट ओभर टाइमको पैसा दिन्छु’ फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुनिता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा बढी समय बिताएकोमा अतिरिक्त समयका लागि पारिश्रमिक उपलब्ध गराउने विषयमा प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ दिनको मिसनका लागि गएका सुनिता र बुच ९ महिनाभन्दा बढी समय बिताएर यही साता पृथ्वीमा फर्किएका हुन्।

अन्तरिक्ष यात्रीहरूको ओभरटाइमबारे पत्रकारहरूको प्रश्नको जवाफमा उनले भने,‘यसबारे कसैले पनि अहिलेसम्म मसँग कुरा गरेको छैन। यदि गर्नै परे म आफ्नो खल्तीबाट गर्नेछु।’

सुनिता आफ्नो साथी अन्तरिक्ष यात्रीसँग २८६ दिनपछि पृथ्वीमा फर्किएकी थिइन्। उनीहरूलाई पृथ्वीमा ल्याउने बोइंग स्टारलाइनर यान बिग्रिएपछि लामो समय अन्तरिक्षमा बस्नु परेको थियो।

एलन मस्कको कम्पनी स्पेसएक्सको ड्रैगन क्याप्सुल उनीहरूलाई फ्लोरिडा तटमा सुरक्षित अवतरण गराएको थियो।

प्रकाशित: ९ चैत २०८१ १५:२२ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast