 
                             
                                            काठमाडौँ- बिहीबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।
                            प्रकाशित: २३ फागुन  २०८१ ११:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 