सुदूरले १६० रनमा रोक्यो पुलिसलाई

हिमाल प्रेस ४ चैत २०८१ १२:३४ | Monday, March 17, 2025
सुदूरले १६० रनमा रोक्यो पुलिसलाई

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कपमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लब १६० रनमा अलआउट गरेको छ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४७ ओभरमा १६० रन बनाएर अलआउट भएको हो। यससँगै जितका लागि सुदूरपश्चिमले १६१ रनको लक्ष्य पाएको छ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन बनाए।

सुदूरपश्चिमका लागि भने सौर्य श्रेष्ठले ४ विकेट लिए। भोजराज भट्टले ३ तथा शेर मल्लले २ विकेट लिए। हेमन्त धामीले १ विकेट लिए। दोस्रो इनिङ्सको खेल सुरु हुँदैछ।

प्रकाशित: ४ चैत २०८१ १२:३४ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast