सिरहाको औरही घटनामा संलग्नहरूलाई कारबाही गर्न सांसदहरूको माग

हिमाल प्रेस १० चैत २०८१ १५:३१ | Sunday, March 23, 2025
सिरहाको औरही घटनामा संलग्नहरूलाई कारबाही गर्न सांसदहरूको माग फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाका सदस्यहरुले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दीपक मलिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले उच्चस्तरीय समिति गठन गरेर उक्त घटनाको छानविन गरी दाषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।

सांसद घनश्याम रिजालले उक्त घटनाले झन्डै ६० लाख दलित समुदायको अपमान भएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे। उनले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गर्न नसकेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद विष्णुदेवी पुडासैनीले संविधानमा उल्लेख हक अधिकारविपरित महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक काम भएको बताए। उनले योे घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्माले यस घटनामा पालिका अध्यक्षलाई तत्काल पदबाट हटाएर बजरंगी बाबालाई पक्राउ गर्न माग गरे।

त्यस्तै अन्य सांसदहरुले पनि दलित समुदायमाथि ज्यादती गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका थिए।

प्रकाशित: १० चैत २०८१ १५:३१ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast