‘बल्छी’ले पाेखे आक्रोश, पैसामा बेइमान गरेको पाइए कलाकारिता छाडिदिने चेतावानी

हिमाल प्रेस १४ चैत २०८१ ११:२९ | Thursday, March 27, 2025
‘बल्छी’ले पाेखे आक्रोश, पैसामा बेइमान गरेको पाइए कलाकारिता छाडिदिने चेतावानी

काठमाडौँ- कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ ले आर्थिक अपचलन गरेको आरोप लगाउनेलाई प्रमाण पुर्‍याएर बोल्न चेतावनी दिएका छन्।

आफूले कलाकारलाई पैसा नदिएको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा पैसा खाएको प्रमाण पुर्‍याउन भनेका हुन्। उनले लेखेका छन्,’प्रमाण लिएर आउनुहोस्। १०० गुना थपेर दिन्छु।’

उनले यदि प्रमाण पुर्‍याए कलाकारिता छाड्ने चेतावनी दिएका छन्। ‘पैसामा बेइमान गरेर कलाकारिता गर्न परेको दिन कलाकारिता नै छोड्नेछु।’ श्रेष्ठले भनेका छन्।  १५ वर्ष कलाकारिता गर्दा कसैको पैसा हिनामिना नगरेको उनले स्पष्ट पारेका हुन्।

‘खान नपाए बाटोमा मागेर खान्छु तर पैसामा बेईमान गर्दिन।’ श्रेष्ठले भनेका छन्। उनको स्टाटसपछि कलाकारहरूले समेत चासो लिइरहेका छन्।

प्रकाशित: १४ चैत २०८१ ११:२९ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast