साधुसन्तले भन्दैमा राजतन्त्र आउँदैन : निधि

हिमाल प्रेस ६ चैत २०८१ १३:१२ | Wednesday, March 19, 2025
साधुसन्तले भन्दैमा राजतन्त्र आउँदैन : निधि

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र नफर्किने दाबी गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले राजतन्त्र फर्किन सक्ने अवस्था नै नभएको बताएका हुन्।

‘देशी-विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,’ उनले भने, ‘स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो। हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ।’

उनले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन्। जनताले राजतन्त्र नचाहेको र जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए।

प्रकाशित: ६ चैत २०८१ १३:१२ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast