काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्धभूमि बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबारदेखि यो खाता सञ्चालनमा ल्याएको हो।
सञ्चालनमा ल्याइएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ।
पाँच हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंकले प्रदान गर्ने अधिकतम (हाललाई पाँच प्रतिशत) ब्याज पाउनुका साथै ब्याज दैनिक गणना गरी हरेक त्रैमासिकमा खातामा जम्मा हुने बैंकले जनाएको। बैंकका अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिकले यो खाता खोल्न सक्नेछन्।
यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा पाउनुका सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउने बैंकले जनाएको छ।
यसका साथै यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ।

                                             
                                             
                                             
                                             
                                             
                                             

