समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने

हिमाल प्रेस २७ फागुन २०८१ १८:३३ | Tuesday, March 11, 2025
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए। त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माको भनाइ छ।

उनले देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए।

विश्वकर्माले देशलाई अशान्तितर्फ धकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आम जनतामा अपिल गरिने बताए।

प्रकाशित: २७ फागुन २०८१ १८:३३ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast