सत्ताधारी सांसदले भौतिक आक्रमण गर्न खोजे, नियोजित रूपमै प्रत्यक्ष प्रसारण रोकियो : माओवादी

हिमाल प्रेस १७ चैत २०८१ १६:३१ | Sunday, March 30, 2025
सत्ताधारी सांसदले भौतिक आक्रमण गर्न खोजे, नियोजित रूपमै प्रत्यक्ष प्रसारण रोकियो :  माओवादी माओवादीका सांसद माधव सापकोटा।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्ष सांसदहरु भौतिक रुपमा नै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन्। संसद् भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसद्मा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्ष सांसदहरुले भौतिक रुपमा नै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाएका हुन्।

उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैरजिम्मेवार देखिएको र जटिलता थपिँदै गएको बताए। उनले भने, ‘देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरुले उठाएका मागमा गम्भीर भएर प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अल्मलिएर बसेका छन्।’

सापकोटाले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रुपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए। प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरुको विरोध कायमै रहने पनि उनले स्पष्ट पारेका छन्।

प्रकाशित: १७ चैत २०८१ १६:३१ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast