सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस १८ चैत २०८१ १६:२९ | Monday, March 31, 2025
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। फाइल तस्बिर।

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथि भएको आक्रमण निन्दनीय भएको बताएका छन्।

पत्रकार सुरेश रजकको मृत्युको विषयमा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पोखरामा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले अराजक गतिविधिका कारण पत्रकार रजकसहित एक युवाको ज्यान जानु दुःखद् भएको बताए। दोषीलाई छिटो कानुनी दायरामा ल्याइने आश्वासन पनि दिए।

‘शान्तिपूर्ण आन्दोलन सबैको अधिकार हो तर अराजक गतिविधि स्वीकार्य छैन,’ उनले भने, ‘चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटना दुःखद र निन्दनीय छ।’

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र पत्रकारिताको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। महासंघले बुझाएको पत्र संघीय सरकारसमक्ष पुर्‍याउने उनको प्रतिबद्धता थियो।

पत्रमा हत्याबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन तथा घाइते पत्रकारको उपचारमा सरकारले सहयोग गर्नुपर्ने माग गरिएको छ।

प्रकाशित: १८ चैत २०८१ १६:२९ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast