प्रधानमन्त्री बोलिरहे, राप्रपा सांसदले विरोध गरिरहे

हिमाल प्रेस १८ चैत २०८१ १२:१० | Monday, March 31, 2025
प्रधानमन्त्री बोलिरहे, राप्रपा सांसदले विरोध गरिरहे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गरिहँदा राप्रपाका सांसदले उठेर होहल्ला गरेका छन्।

प्रधानमन्त्री ओलीले तीनकुनेमा राजावादीको अराजक घटनाबारे बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही जुरुक्क ठेर र विरोध गरे। त्यसपछि राप्रपाका अन्य सांसद पनि उठे।

त्यसक्रममा प्रधानमनत्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै ‘व्यवस्था मास्छु’ भन्नेले शृंखलाबद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए।

होहल्ला गरेपछि सभामुखले सांसदहरूलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए।

प्रधानमन्त्रीले बोलिरहँदा राप्रपाका सांसदले नियमापत्तिको कुरा गर्न थालेपछि ओलीले आक्रोशित हुँदै भने, ‘नियमवालीको होइन, यहाँ संविधान उल्लघंन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छुु। सबैले यस देशमा व्यवस्था मान्नुुपर्छ, व्यवस्था मान्नुुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन।’

प्रकाशित: १८ चैत २०८१ १२:१० | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast