संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सिटौला

हिमाल प्रेस ४ चैत २०८१ १५:०५ | Monday, March 17, 2025
संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सिटौला फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन्।

राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए।

उनले भने, ‘संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ? सही ढंगले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ।’

सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ। संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ।’

द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने उनले बताए। उनले भने, ‘छिटो न्याय दिन आवश्यक छ। हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौँ। अब मिलेर समस्या समाधान गर्नुपर्छ।’

परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उनले सबै एकताबद्ध भएर उभिने बेला आएको बताए।

प्रकाशित: ४ चैत २०८१ १५:०५ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast