‘संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो’

हिमाल प्रेस ६ चैत २०८१ २०:३३ | Wednesday, March 19, 2025
‘संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो’

निजगढ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन्।

बाराको सिमरामा बुधबार साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अंग हो। संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो।’

प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे। हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए। चितवन हुँदै सिमरा पुगेका प्रचण्डले यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन पुगेका हुन्।

प्रकाशित: ६ चैत २०८१ २०:३३ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast