संघीयतासहितको गणतन्त्रको विकल्प छैन : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस २९ फागुन २०८१ १७:२९ | Thursday, March 13, 2025
संघीयतासहितको गणतन्त्रको विकल्प छैन : ऊर्जामन्त्री खड्का

सङ्खुवासभा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्पमा अरू कुनै शासन व्यवस्था नरहेको बताएका छन्। सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले संघीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताएका हुन्।

मन्त्री खड्काले संसद्का दुई ठूला राजनीतिक दल मिलेर गठन गरेको वर्तमान सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट पारे। मुलुकको राजनीतिक स्थायित्वका लागि यो सरकारको गठन भएको उनले बताए।

उनले भने,‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौँ अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ।’ मन्त्री खड्काले सङ्खुवासभा एक सम्भावनायुक्त जिल्ला भएकोले यहाँका स्रोतसाधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने आवश्यकता व्यक्त गरे।

त्यसैगरी, मन्त्री खड्काले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखामुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्नका लागि प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता अनुसार दुई लाखदेखि पाँच लाखसम्म बिनाधितो जलविद्युतको सेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने जानकारी दिए।

प्रकाशित: २९ फागुन २०८१ १७:२९ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast