संगठन सुदृढीकरणका लागि सबै सदस्यलाई सक्रिय बनाउन नेसपा (नयाँ शक्ति) को आह्वान

हिमाल प्रेस २७ फागुन २०८१ १०:५८ | Tuesday, March 11, 2025
संगठन सुदृढीकरणका लागि सबै सदस्यलाई सक्रिय बनाउन नेसपा (नयाँ शक्ति) को आह्वान

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बागमती प्रदेश अधिवेशन आयोजक समितिको आयोजनामा प्रदेश स्तरीय भेला सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, प्रदेश प्रतिनिधिहरू, कार्यकर्ता, बुद्धिजीवी, युवा र विभिन्न क्षेत्रका अग्रजहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको प्रमुख आतिथ्य डा. बाबुराम भट्टराईले गरेका थिए। उनले नेपालको समसामयिक राजनीतिक परिप्रेक्ष्य, समाजवादी आन्दोलनको महत्व र नेसपा (नयाँ शक्ति) को भावी रणनीतिबारे विस्तृत धारणा प्रस्तुत गरे।

कार्यक्रमका दौरान पार्टीको संगठनात्मक सुदृढीकरण, प्रदेशस्तरीय नेतृत्वको भूमिका र लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई संस्थागत गर्दै समावेशी, पारदर्शी र उत्तरदायी नेतृत्व निर्माण गर्ने विषयमा विशेष छलफल भयो। प्रदेश अधिवेशन आयोजक समितिका पदाधिकारीहरूले पार्टीको नीति, दृष्टिकोण र भावी कार्ययोजनाबारे जानकारी गराउँदै संगठन सुदृढीकरणका लागि सबै सदस्यहरूलाई क्रियाशील भएर लाग्न आह्वान गरे।

यस अधिवेशनले नेसपा (नयाँ शक्ति), बागमती प्रदेशमा समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने, वैकल्पिक राजनीतिक सोचलाई संस्थागत गर्ने र पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित: २७ फागुन २०८१ १०:५८ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast