शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन बस्ने महासंघको निर्णय

हिमाल प्रेस ५ चैत २०८१ १४:०६ | Tuesday, March 18, 2025
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन बस्ने महासंघको निर्णय

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक आज नेपाल शिक्षक संघको केन्द्रीय कार्यालय, सुकेधारामा सम्पन्न भएको छ। बैठकले आगामी चैत ७ देखि १५ गतेसम्म शिक्षा ऐन तत्काल जारीको माग गर्दै रिले अनशन सुरु गर्ने निर्णय गरेको छ। रिले अनशन भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बस्ने निर्णय बैठकले गरेको छ।

बैठकमा महासंघका नेताहरूले आन्दोलनको समीक्षा गर्दै यसपटकको संघर्ष उत्साहजनक र मिडियामा राम्रो कभर भएको बताएका छन्। सबै वर्गबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै आगामी आन्दोलनलाई सशक्त बनाउन प्रतिशिक्षक ५० रुपैयाँ महासंघको खातामा हाल्न आग्रह गरिएको छ।

यदि सरकारले शिक्षा ऐन जारी नगरेको खण्डमा महासंघले चैत २० देखि देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूलाई काठमाडौँमा भेला गराई सडक आन्दोलनमा उत्रने सन्देश दिएको छ।

महासंघले चेतावनी दिएको छ, ‘ऐन जारी नगरेसम्म अनिश्चितकालीन संघर्ष र विद्यालयमा कामकाज बहिष्कार गरिनेछ।’

प्रकाशित: ५ चैत २०८१ १४:०६ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast