शिक्षा ऐनका लागि महासंघको आन्दोलनमा सहभागी हुन् बालविकास शिक्षकहरूलाई सर्कुलर

हिमाल प्रेस १७ चैत २०८१ १०:५४ | Sunday, March 30, 2025
शिक्षा ऐनका लागि महासंघको आन्दोलनमा सहभागी हुन् बालविकास शिक्षकहरूलाई सर्कुलर

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषणा गरिएको आन्दोलनमा सहभागी हुन नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले सम्पूर्ण बालविकास शिक्षकहरूलाई  सर्कुलर गरेको छ।

बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले एक सर्कुलर जारी गर्दै (चैत २० गते) बुधबारदेखि काठमाडौँमा हुने अनिश्चितकालीन आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई अनुरोध गरेको हाे।

नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिका महासचिव निर्मला गिरी तथा अध्यक्ष कृष्णकुमारी थापा मगरले सर्कुलरमार्फत सम्पूर्ण शिक्षकहरूलाई एकताबद्ध भएर आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्।

संघर्ष समितिले विगतमा भएका सहमति तथा सम्झौताहरू विद्यालय शिक्षा ऐनमा समावेश गराउन आन्दोलनको माध्यमबाट दबाब दिने बताएको छ। ‘कि जितिन्छ कि बितिन्छ’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको यो आन्दोलन सफल नबनेसम्म नरोकिने समिति नेतृत्वले स्पष्ट पारेको छ।

प्रकाशित: १७ चैत २०८१ १०:५४ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast