शान्तिपूर्ण विरोध प्रदर्शनलाई निरन्तरता दिन लिङदेनको अपिल

हिमाल प्रेस १८ चैत २०८१ ०:०४ | Monday, March 31, 2025
शान्तिपूर्ण विरोध प्रदर्शनलाई निरन्तरता दिन लिङदेनको अपिल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिन अपिल गरेका छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्। लिङदेनले आइतबार देशभर विरोध प्रदर्शनमा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन्।

लिङदेनले लेखेका छन्, ‘शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमहरूलाई निरन्तरता दिइरहन सबैमा अपिल गर्दछु।’

राप्रपाका कार्यकर्ताले आइतबार साँझ देशका प्रमुख सहरमा मसाल जुलुस निकालेका छन्। काठमाडौँ, पोखरा, बागलुङ, दमौली, वीरगन्ज, बुटवल, बर्दिबास, कावासोतीलगायतका सहरमा निकालिएको जुलुसमा सहभागीले पक्राउ परेका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।

१५ गतेको घटनामा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै जुलुस निकालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

राजावादीहरुको प्रदर्शनका क्रममा आगजनी गर्ने र तोडफोड गरेको आरोपमा पक्राउ परेका मिश्र र राणालाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ। राणा र मिश्रसहित ११ जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवसहितको मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ चैत २०८१ ०:०४ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast