शहरी विकास मन्त्रालयको खर्च १७.९३ प्रतिशत

हिमाल प्रेस ५ चैत २०८१ १५:५० | Tuesday, March 18, 2025
शहरी विकास मन्त्रालयको खर्च १७.९३ प्रतिशत

काठमाडौँ- शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ। मन्त्रालयले आज एक पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।

मन्त्रालयका लागि ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन गरिएको थियो जसमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार छुट्याइएको थियो। विनियोजित रकममध्ये चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो।

हालसम्म चालुतर्फको खर्च २५ दशमलव २३ प्रतिशत र पुँजीगततर्फको खर्च १७ दशमलव ४३ प्रतिशत भएको छ। चालु आवमा शहरी विकास मन्त्रालयका संघीय कार्यालयबाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ।

बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भइसकेको छ र १२४ वटा कार्यक्रम पूरा भएका छन्। बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन्।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत र बहुवर्षीय स्वीकृत कार्यक्रम) मध्ये चालु आवमा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन्। त्यस्तै, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो जसमा हालसम्म १६२ वटा पुल निर्माण सम्पन्न भएका छन्।

यस वर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका लागि खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका छन् र त्यसबाट २ करोड ३७ लाख राजस्व संकलन भएको मन्त्रालयले जानकारी गराएको छ।

प्रकाशित: ५ चैत २०८१ १५:५० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast