वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

हिमाल प्रेस २ चैत २०८१ १५:४२ | Saturday, March 15, 2025
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो।

भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ। चालु आवको बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ। अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ।

वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड,असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड र मंसिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

यसैगरी, पुसमा चालु आर्थिक वर्षको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व असुली भएको थियो।

प्रकाशित: २ चैत २०८१ १५:४२ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast