 
                             
                                            काठमाडौँ- अभिनेता विपिन कार्कीको एक्सन फिल्म ‘कर्मा’ को टिजर सार्वजनिक भएको छ। ‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार मुकुन भुसाल, उपासना सिंह ठकुरी र दिव्यदेव मुख्य भूमिकामा देखिनेछन्।
चैत २९ देखि प्रदर्शन हुने फिल्मकाे कथा निर्देशक चौधरी नै लेखेका हुन्। ड्रामा, सस्पेन्स र एक्सन जनरामा बनेको निर्माण टिमले जनाएको छ। फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन्।
यस्ताे छ टिजर
                            प्रकाशित: १ चैत  २०८१ १७:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 