कुलमानको बर्खास्तीविरुद्ध संसद् र सडकबाट खबरदारी गर्छौँ : विपक्षी दल

हिमाल प्रेस १३ चैत २०८१ १०:४२ | Wednesday, March 26, 2025
कुलमानको बर्खास्तीविरुद्ध संसद् र सडकबाट खबरदारी गर्छौँ : विपक्षी दल

काठमाडौँ- विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको निर्णयविरुद्ध संसद्‌मा विरोध गर्ने भएको छ।

आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई हटाउने सरकारको निर्णयप्रति खबरदारी गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक सन्तोष परियारले विपक्षी दलले सरकार विधिविधानलाई लत्याएर गरेको निर्णयको विरोध गर्ने जनाएका छन्।

उनले सडकमा पनि विरोध जारी रहने बताए। सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ।

प्रकाशित: १३ चैत २०८१ १०:४२ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast