 
                             
                                            काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। दुवै रिटको पेसी आजलाई तोकिएको छ।
घिसिङले आफूलाई कार्यकारी निर्देशकको पदबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रिट दायर गरेका छन्। उनले शाक्यको नियुक्ति बदर गर्न र आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदमा काम गर्न नरोक्न माग गरेका छन्।
घिसिङले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई विपक्षी बनाएका छन्। मन्त्रिपरिषद्को चैत ११ को बैठकले घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
शाक्यले भने आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको समाधान गर्न र उक्त अवधिको सेवासुविधा माग गर्दै रिट दायर गरेका छन्। उनले हालको नियुक्तिलाई असर नगर्न र कुनै कामकारबाही नगर्न पनि माग गरेका छन्।
२०७८ सालमा तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गरेको थियो र शाक्यलाई ऊर्जा आयोगमा तानेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 