 नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।
                              नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर। 
                                            काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय शिक्षा ऐन पारित गराउन सरकार असफल भएमा यसलाई पूर्ण रूपमा असफल सरकार मानिने टिप्पणी गरेका छन्। उनले ठूला भनिने दलहरूको भूमिकालाई पनि जनताले नियाल्ने बताए।
उनले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (नेकपा एमाले निकट) र नेपाल शिक्षक संघ (नेपाली कांग्रेस निकट) दुबै सङ्गठन असफल सावित हुने दाबी गरे। ‘यी संगठनहरूले शिक्षा ऐनका लागि प्रभावकारी दबाब दिन नसकेमा असफलताको बिल्ला भिर्नेछन्,’ उनले भने।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको भूमिकाबारे प्रश्न उठाउँदै उनले आउँदो फागुन २४ गतेको पहिलो चरणको आन्दोलनमा यी संगठनहरूको सहभागिता महत्वपूर्ण हुने बताए।
‘गत १५ गते लुम्बिनी प्रदेशमा आयोजित ध्यानाकर्षण सभामा करिब ९० जना विद्यालय कर्मचारी मात्र सहभागी भए। अब प्रश्न उठ्छ, एउटा विद्यालयमा कति कर्मचारी छन्? यदि संख्या थोरै हो भने आन्दोलनमा उनीहरूको सहभागिता अपेक्षित रूपमा किन बढ्न सकेन?’ तिवारीको प्रश्न छ।
उनले जिल्लास्तर र प्रदेशस्तरमा कसले कत्तिको भूमिका खेल्यो भन्ने कुरा अब प्रष्ट हुँदै जाने बताए। आउँदो आन्दोलनमा कुन संगठनको उपस्थिति कस्तो रहन्छ भन्ने चाँडै स्पष्ट हुने उनको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 