वार्षिक परीक्षाको परिमार्जित समय तालिका प्रकाशित

हिमाल प्रेस ५ चैत २०८१ ११:११ | Tuesday, March 18, 2025
वार्षिक परीक्षाको परिमार्जित समय तालिका प्रकाशित विद्यालय

तनहुँ- भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरस्तरीय वार्षिक परीक्षाको समय तालिका परिमार्जन गरी नयाँ तालिका सार्वजनिक गरेको छ।

पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा लागू हुने गरी आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८), आधारभूत तह (कक्षा ४ देखि ७) तथा कक्षा ९ को वार्षिक परीक्षा परिमार्जित तालिका अनुसार २०७८ चैत १२ गतेबाट सञ्चालन हुने निर्णय गरिएको छ।

यसअघि २०७८ फागुन १३ गते प्रकाशित समय तालिकालाई भानु नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा समितिको २०७८ चैत ४ गते बसेको बैठकले परिमार्जन गर्ने निर्णय गरेको हो।

यस अनुसार परीक्षा अपराह्न १:०० बजेबाट सुरु हुनेछ। सम्पूर्ण विद्यालय प्रशासनलाई परिमार्जित समय तालिका अनुसार परीक्षा सञ्चालन गर्न निर्देशानुसार अनुरोध गरिएको छ।

प्रकाशित: ५ चैत २०८१ ११:११ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast