वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

हिमाल प्रेस १३ चैत २०८१ २१:४१ | Wednesday, March 26, 2025
वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

काठमाडौँ– जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन्।

बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुगेका उनले बुधबार जर्मनीका संघीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रंसंघका महासचिव जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिलका साथै चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए।

भेट्मा उनले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेको मन्त्री शाहीको सचिवालयले जनाएको छ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए। विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५ औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन्।

प्रकाशित: १३ चैत २०८१ २१:४१ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast